काठमाडौं, बैशाख ८
नेकपा एमालेकी सांसद पार्वतीकुमारी विशुन्केले पार्टी फुटाउने संकेत देखेकोले आफु मुल नेतृत्वमा फर्किएको बताउनु भएको छ । उहाले माधवकुमार नेपालको नाम नलिई पार्टी फुट्ने डरलाग्दो दृष्य देखेकाले आफू प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेको बताउनु भएको हो ।
नेता नेपालले नयाँ पार्टी खोल्ने वा माओवादी केन्द्रसँग एकता गर्ने भन्नेबारेमा आन्तरिक तयारी गरिरहेका बेला उहाकै समर्थनमा रहनु भएका सांसदहरु धमाधम मुल नेतृत्वमा फर्किनु भएको छ । सांसद विशुन्केले आफू कुनै पनि गुटमा नलागी मूल पार्टीमै रहनेसमेत बताउनु भयो ।
‘पार्टी फुट्ने संकेत देखिएको छ । हाम्रो पार्टी अध्यक्ष र संसदीय दलको नेता केपी शर्मा ओली नै हो । पार्टीलाई एकतावद्ध बनाउन मूल नेतृत्वलाई सहयोग गर्नुपर्छ’, उहाले भन्नुभयो, ‘म नेकपा एमालेको पक्षमा छु । मलाई स्पष्टीकरणसमेत नसोधिएकाले अब माधव नेपालले मलाई गुटका भेलामा बोलाउनु हुन्नहोला ।’













प्रतिक्रिया दिनुहोस्