काठमाडौं, बैशाख ८
प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र निलम्बित नेता माधवकुमार नेपालबीच पौने दुई घण्टा वान–टू–वान भेटवार्ता भएको छ । नागपोखरीस्थित होटल मेरियटमा साँझ करिब ६ बजेदेखि दुई शीर्ष नेताबीच कोठा नम्बर ९०१ मा भएको भेट पौन आठ बजे सकिएको हो ।
छलफल निक्कै सौर्हाद वातावरणमा रहेको र दुवैको मुहारमा खुशी देखिएको भेटका क्रममा होटलमै रहनु भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले जानकारी दिनुभयो । उहाका अनुसार बैठकबाट बाहिरिदा दुवै नेताको मुहारमा खुशी देखिएकाले वार्ता सकरात्मक रहेको अनुमान आफुहरुले लगाएको बताउनु भयो ।
बैठकपछि बाहिरिनु भएका नेता नेपालले भने भेटवार्ताका बारेमा आफुले नबोल्ने जानकारी संचारकर्मीलाई जानकारी दिनुभयो । वार्तापछि बाहिरिँदै गर्दा नेता नेपालले भन्नुभयो, ‘साथीहरुसँग छलफल गर्नै बाँकी छ । अहिले केही बोल्दिनँ ।

बैठकको शुरुमा अर्थमन्त्री समेत रहनु भएका नेता विष्णु पौडेल पनि सहभागी हुनु भएको थियो । आगामी आर्थिक वर्षको बजेट तयारी सम्बन्धी अर्थशास्त्री र बुद्धिजीवीहरु सँग सोही होटलमा छलफल गरेका अर्थमन्त्री वार्ता शुरु भएपछि निस्किएर हिड्नु भएको थियो । त्यसपछि पौने दुई घण्टासम्म उहाहरुबीच एक्ला एक्लै वार्ता भएको हो ।
यद्यपी वार्ताको शुरुमा भने दुवै नेताहरुबीच बोलचाल भएको थिएन । केही मिनेट बोलचाल नभएपछि प्रधानमन्त्री ओलीले ‘तपाई सञ्चै हुनुहुन्छ ?’ भन्दै संवाद शुरु गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्