काठमाडौं, बैशाख ९
नेकपा एमालेले सोधेको स्पष्टिकरण बुझाउदै प्रतिनिधिसभाका सांसदले आफुहरु संस्थापन पक्षमै रहेको बताउनु भएको छ । पार्टीले सोधेको स्पष्टिकरणको पत्र बुझाउदै आफुहरु पार्टीको निर्णय अनुसार नै चल्न तयार रहेको बताउनु भएको हो ।
एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार दाङका सांसद हिराचन्द्र केसीले स्पष्टीकरणको जवाफ पठाउनुभएको छ । सांसदहरुले स्पष्टिकरणको जवाफ पठाउन शुरु गरेको जानकारी दिनुभयो । ‘अन्य सांसदहरुले पनि आज साँझ वा भोलिसम्ममा जवाफ पठाउने जानकारी दिनुभएको छ’, भट्टराईले भन्नुभयो ।
भट्टराईका अनुसार केसीले आफू पार्टीविरुद्धका कुनै पनि गतिविधिमा संलग्न नभएको प्रष्टीकरण दिनुभएको छ । उहाँले पार्टीको ह्वीप उल्लंघन नगर्ने, संस्थापनको पक्षमा नै उभिने उल्लेख गर्नुभएको उहाले बताउनु भयो । केसी प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्