काठमाडौं, बैशाख ९
प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण पत्र बुझाउँदै नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एमालेविरुद्ध आफूले कुनै काम नगरेको स्पष्ट पार्नुभएको छ । आफूले राजनीतिक दलसम्बन्धी प्रावधानको विपरीत कुनै काम नगरेको स्पष्टिकरण पत्रमा उल्लेख गर्नुभएको हो ।
स्पष्टिकरणमा उहाँले लेख्नुभएको छ, ‘मैले नेपालको संविधानको धारा ८९ (ङ) र राजनीतिक दलसम्बन्धी उक्त प्रावधानको विपरीत कुनै काम गरेको छैन । नयाँ राजनीतिक दल खोलेको, खोल्न लगाएको, चलाएको वा चलाउन लगाएको पनि छैन ।’ त्यस्तै उहाँले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको कदम विधान विपरित भएको पत्रमा उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्