काठमाडौं, बैशाख ९
२२ तल्ले ऐतिहासिक धरहरामा विहिवारबाट लाइट राखिएको छ । २२ औं तल्लामा सिसा राख्ने काम जारी रहेकाले त्यहा घेरिएको संरचना हटाउन पनी बाँकी रहेको छ । त्यसभन्दा मूनिका प्राय सबै संरचनाहरु विहिवारबाट हटाइएको छ ।
भुकम्प गएको करिव ६ वर्षपछि तयार भएको धरहराको शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ । धरहराको पुनर्निर्माण अत्याधुनिक र भूकम्प प्रतिरोधी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजु मानन्धरले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्