जनता टाइम्स

१० बैशाख २०७८, शुक्रबार १२:४७

सात जना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार


कैलाली, बैशाख १०

धनगढीमा आइसोलेसन लग्ने क्रममा सात जना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार भएका छन् । बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुस्टि भएको थियो ।

त्यसपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा सातै जना भागेको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिनुभयो । ती संक्रमितहरु भारतको बेली जंगलतर्फ भागेको बताइएको छ ।