काठमाडौं, बैशाख १०
नेकपा एमालेले युवा नेता एवं राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई दुई चर्चित संगठनमा इञ्चार्जको जिम्मेवारी दिएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एमाले केन्द्रिय सदस्य समेत रहनुभएको ढुंगेललाई विद्यार्थी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीको इन्चार्जको जिम्मेवारी तोकेको हो ।
बैठकमा महासचिव इश्वर पोखरेलले नेताहरुको कार्यबिभाजन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । दुई संगठनमा इञ्चार्जको जिम्मेवारी पाउनुभएको ढुं्रगेल हाल राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्ष हुनुहुन्छ । रामेछापका ढुंगेललाई नेपाली युवाहरुका उर्जा र प्रेरणाका श्रोत, एक अथक र अबिचलित युवा नेताका रुपमा चिनिन्छ ।














प्रतिक्रिया दिनुहोस्