जनता टाइम्स

११ बैशाख २०७८, शनिबार १४:००

धरहरा भत्किदा मृत्यु भएका परिवारका एक सदस्यलाई रोजगार दिने प्रधानमन्त्रीको घोषणा


काठमाडौं, बैशाख ११

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा भत्किदा मृत्यु भएका परिवारका एक सदस्यलाई नयाँ धरहरामा रोजगार दिने बताउनु भएको छ । उहाले धरहरामै बनिरहेका पार्किङ लगायतको क्षेत्रमा रोजगारी दिइने बताउनु भएको हो ।

नवनिर्मित धरहराको आज एक कार्यक्रमका बीचमा उद्घाटन गर्दै उहाले मृतकका परिवारलाई उच्च प्राथमिकता दिइने बताउनु भयो । उहाले यहाँ सम्भव नभए अन्य ठाउमा भएपनि पहल गरिने घोषणा गर्नुभयो । धरहरामा बन्दै गरेको बगैँचा, पार्किङ लगायतमा कामदार आवश्यक पर्ने र त्यसमा पीडित परिवारलाई प्राथमिकतामा राखेर रोजगारी दिइने प्रधानमन्त्रीले घोषणा गर्नुभयो ।

२०७२ सालको महाभूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको धरहरा ६ वर्षपछि फेरी उठेको छ । भूकम्प आएको ६ वर्ष पछाडी त्यही दिनको एक दिन अगाडिमा प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गर्नुभयो ।