जनता टाइम्स

११ बैशाख २०७८, शनिबार २१:११

संविधानसभा सदस्य सिद्धिकीको निधन


नेपालगञ्ज, बैशाख ११

कोरोना संक्रमणका कारण संविधानसभा सदस्य मोहमद सिद्धिकीको निधन भएको छ । पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य रहेकी सिद्धिकीको शनिबार बेलुका नेपालगञ्जस्थित भेरी अस्पतालमा निधन भएको हो ।

केही दिनयता नेपालगञ्ज क्षेत्र कोरोनाको हटस्पट बनेको छ । त्यहाँका अधिकांश मानिस संक्रमित हुँदा अस्पतालमा उपचार कक्षको समेत अभाव हुन थालेको छ । कोरोना संक्रमणपछि उहा १५ दिनदेखि भेरी अस्पतालमा भर्ना हुनु भएको थियो । पछिल्लो समयमा उहालाई भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो । उपचारकै क्रममा शनिबार बेलुका ७ः३० बजे उहाको मृत्यु भएको अस्पतालले जनाएको छ ।