जनता टाइम्स

१२ बैशाख २०७८, आईतवार १६:३४

फ्लोर क्रस गर्ने कर्णालीका चार सांसद निष्कासित


सुर्खेत, बेशाख १२

कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रको सरकार जोगाउने नेकपा एमालेका चार जना सांसदलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको छ ।

नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरी सरकार बचाउन भूमिका खेलेको भन्दै प्रदेशसभा सदस्य पदबाट मुक्त गराइएको पत्र प्रदेशसभामा दर्ता गर्नुभएको छ ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा पदमुक्त हुनुभएको हो । ज्वालाबाहेक तीन सांसद मन्त्री भइसक्नुभएको छ ।