जनता टाइम्स

१३ बैशाख २०७८, सोमबार ११:०८

कोरोना संक्रमण क्षेत्रमै जवरजस्ती विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ


सप्तरी, बैशाख १३

दुई हजार बढि कोरोना संक्रमित रहेको सप्तरीमा सरकारले बैशाख मसान्तसम्म विद्यालय सञ्चालनमा रोक लगाएको छ । भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा रोक लगाएपनि निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ ।

कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।

सप्तरीमा ४२४ महिलासहित २ हजार १९८ सक्रिय संक्रमित रहेका छन् । प्रजिअ पोखरेलले पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।