जनता टाइम्स

१३ बैशाख २०७८, सोमबार १८:४६

काठमाडौंमा विहिवारबाट एक साता निषेधाज्ञा जारी (जिप्रकाको विज्ञप्तीसहित)


काठमाडौं, बैशाख १३

काठमाडौंमा विहिवारदेखि एक साता निषेधाज्ञा जारी भएको छ । वैशाख १६ गते विहान ६ बजेदेखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन् । सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ ।

एम्बुलेन्स, शव वाहन, दमकल, कूटनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन् । अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिने भएको छ । बैशाख २२ गते राति १२ बजेसम्म सो निषेधाज्ञा लागु हुनेछ ।