जनता टाइम्स

१३ बैशाख २०७८, सोमबार १८:५०

प्रभावकारी बन्दै उपमेयर आत्मनिर्भर कार्यक्रम : खेर गइरहेको थाकलबाट सुन्दर ब्याग र ह्याट


इटहरी, बैशाख १३

इटहरी उपमहानगरपालिका– १८ का महिलाले जंगलमा त्यतिकै खेर गइरहेको थाकलबाट सुन्दर ब्याग र ह्याट बनाउनुभएको छ । इटहरी उपमहानगर उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत १५ दिने तालिमका क्रममा चौधरी समूदायका महिलाले सुन्दर ब्याग र ह्याट बनाएका हुन् । सबैलाई दाङबाट आएर चन्द्रावती चौधरीले थाकलबाट ब्याग र ह्याट बनाउन सिकाउनुभएको हो ।

१५ दिने तालिमको अन्तमा सहभागिहरुले थाकलबाट यति राम्रा सामाग्री बन्छन होला भन्ने आफूहरुलाई नलागेको प्रतिक्रिया दिएका थिए ।

तालिममा आउनुभएको ओम कुमारी र सुमित्रा चौधरीले सिकेको शीपमार्फत ब्यवसायिक बन्ने आत्मविश्वास बढेको बताउनुभयो । इटहरी–१८ का महिला मेहनति रहेको भन्दै सहजकर्ता चौधरीले समेत प्रशंसा गर्नुभयो ।

उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले उद्यमी समूह दर्ता गरेर थाकरका समाग्री निर्माण गरि १८ नम्वर वडाको पहिचान बनाउन आग्रह गर्नुभयो । उद्यम थालनी गर्न विउपूँजी उपलब्ध गराउने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो । यता वडाध्यक्ष राम कुमार चौधरीले बजार र पूँजीको अभाव हुन नदिने विश्वास दिलाउनुभयो । स्थानीय नेत्री अम्बिका चौधरीले सिकेको शीपलाई प्रयोग गरेर ब्यवसायिक बन्न सल्लाह दिनुएको थियो । भयो ।