काठमाडौं, बैशाख १३
सरकारले एक साताको निषेधाज्ञामा विवाह वा ब्रतवन्ध गर्दा जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य स्विकृति लिनुपर्ने व्यवस्था गरेको छ । कोरोना संक्रमण बढेपछि जिप्रका काठमाडौले विहिवार (बैशाख १६ गते) विहान ६ बजेबाट २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
सो समयमा विवाह ब्रतवन्ध गर्दा बढिमा १५ जनामात्र उपस्थित हुन पाउने नियम लागु गरेको छ । ‘विवाह ब्रतबन्धको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्ने’, प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।













प्रतिक्रिया दिनुहोस्