जनता टाइम्स

१३ बैशाख २०७८, सोमबार १९:०७

काठमाडौंका खाद्य पसल दुई सिफ्टमा खुल्ने


काठमाडौं, बैशाख १३

काठमाडौंमा विहिवारबाट खाद्य सामग्री र औषधि पसल बाहेक अन्य बन्द रहने भएका छन् । कोरोना संक्रमण बढेपछि जिप्रका काठमाडौले विहिवार (बैशाख १६ गते) विहान ६ बजेबाट २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्वन्धि पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने निर्णय गरेको हो । खाद्य सामग्रीहरुका पसल व्यवसाय विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्रै खुल्ला गर्न पाउने भएका छन् । डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र विहान १० बजे देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउनेछन् ।

यसरी अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।