जनता टाइम्स

१५ बैशाख २०७८, बुधबार १४:३८

गण्डकीका ३ सांसदलाई कोरोना संक्रमण


पोखरा, बैशाख १५

गण्डकी प्रदेशसभाका ३ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार सांसद र संसदका कर्मचारीको स्वाब परीक्षण गर्दा ३ जना सांसदमा संक्रमण देखिएको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला सांसदहरुको कोरोना परीक्षण भएको थियो ।

निषेधाज्ञा जारी भएको र कोरोना फैलिरहेको बेला पीसीआर परीक्षणबिना संसद् चल्न नहुने भन्दै केही सांसदहरूले बैठक अवरुद्ध गरेपछि सम्पूर्ण सांसद र कर्मचारीको स्वाब परीक्षण गरिएको थियो । स्रोतका अनुसार कोरोना पुष्टि हुनेमा नेकपा एमालेका २ र कांग्रेसका १ सांसद रहेका छन् ।