जनता टाइम्स

१५ बैशाख २०७८, बुधबार १५:५४

काभ्रेमा विवाहमा सहभागी १७ जना कोरोना संक्रमण


काभ्रे, बैशाख १५

खोपासीमा भएको विवाह समारोहमा सहभागी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २४ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो ।

पनौती नगरपालिका–१० का ११ जना महिला र ४ जना पुरुष तथा वडा नम्बर ८ का १ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो ।

कोरोना पुष्टि भएका सबै वैशाख ११ गतेको विवाहमा सहभागी भएका थिए । संक्रमित मध्ये विवाह घरकै एक जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अरु सबै होम आइसोलेशनमा छन् । संक्रमित हुनेहरूमा १७ वर्षदेखि ८४ वर्ष उमेर समुहसम्मका छन् ।