जनता टाइम्स

१५ बैशाख २०७८, बुधबार १६:५१

मुख्यमन्त्री गुरुङविरुद्ध मनाङका जनताले जान नदिँदा संसदमा उपस्थित नभएको हुँ : मनाङे


कास्की, बैशाख १५

गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी ‘दीपक मनाङे’ ले मनाङका जनताले मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङविरुद्ध जान नदिएकोले आफू संसद्मा उपस्थित नभएको प्रतिक्रिया दिनुभएको छ ।

जनताले गुरुङ सरकारविरुद्ध जान नदिएकाले बैठकमा नआएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वाश प्रस्तावमा मतदान हुने तयारी हुँदा उहाँ संसद्‍मा अनुपस्थित हुनुभएको हो ।