जनता टाइम्स

१५ बैशाख २०७८, बुधबार १७:००

गण्डकी प्रदेशसभाको बैठक अनौठो मोडमा, निरन्तर सांसद हराए भने के होला ?


पोखरा, बैशाख १५

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने दिन गण्डकी प्रदेशसभामा सांसद हराएपछि बैठक अनौठो मोडमा पुगेको छ । अविश्वास प्रस्तावमा मतदान हुने चरणमा रहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद अनुपस्थित भएपछि खोजीका लागि निवेदन भन्दै सभामुख समक्ष निवेदन परेको छ ।

राजमो संसदीय दलकी सचेतक पियारी थापाले मतदानको परिस्थिति बनेका दिन आफ्नो दलका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेकोले सदनमा उपस्थित हुन नसक्ने भन्दै सदनको कारवाही रोक्न माग गर्नुभएको छ ।

उहाले सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र उनी सार्वजनिक नभएसमम सदनको कारवाही नचलाउन निवेदन दिनु भएको हो । तर, कतिपय सांसदले भने यस्तो घटनामा बैठक संचालन नगर्ने हो भने निरन्तर सांसद हराईरहेमा कति दिन स्थगित गर्ने भन्दै प्रश्न उठाएका छन् । सभामुखले आजका लागि बोलाइएको चौथो बैठक स्थगित गर्नुभएको छ ।