जनता टाइम्स

१६ बैशाख २०७८, बिहीबार १४:३६

जहाँ माओवादी नेतृत्व, त्यँही बितण्डा


पोखरा, बैशाख १६ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले संबिधान भन्दा बाहिर गएर पार्टी अध्यक्षको आदेशपालक बन्दा पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन कामै गर्न नसकेर अन्त्य भयो । सरकारले पठाएको प्रस्तावलाई रोकेर राखेपछि संसदले केही काम नगरी आफ्नै औचित्यमाथि प्रश्न उठ्यो । सरकारलाई काम गर्न नदिन संसदले निर्णय गर्नुपर्ने बिषयलाई पदको दुरुप्योग गरी अल्झाएर राख्दा पुनःस्थापित प्रतिनिधिसभाले केही गर्न सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक सभामुखलाई समृद्धिका लागि सहयोगी बन्न र संसदमा पठाइएको बिजिनेशलाई निर्णयार्थ पेश गर्न सुझाउनु भयो तर प्रचण्डका आदेशपालक बनेर सापकोटाले केही पनि काम अघि बढाउनु भएन । सभामुख सापकोटा जनयुद्धका माओवादी सेनाका रुपमा प्रस्तुत हुनुभयो । अर्थात संसदको नेतृत्व माओवादीले पाएपछि जनताको बिश्वासको धरोहर संसद नै धर्मरायो, बितण्डाको अखडा बन्यो । सापकोटा भन्दा बितण्डा गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी देखाउनु भएको छ । उहाँले संसदीय मर्यादा र आफ्नो सीमा भन्दा बाहिर गएर अबिश्वासको प्रस्तावमाथि मतदान हुनुअघि सूचना टाँसेर अनिश्चितकालका लागि सदन स्थ्गित गर्नुभयो ।

अस्पतालमा उपचाररत सांसद खीमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्ने निवेदन लेख्न लगाएर सभामुख अधिकारीले आफ्नो अनुहारमा कालो पोत्ने काम गर्नुभयो । बाग्लुङका जनताको आदेशअनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबिरुद्ध ल्याइएको अबिश्वासको प्रस्तावमा मतदान हुने दिन सांसद शाही बिरामी परेर अस्पताल भर्ना भएको जानकारी पाएर पनि प्रस्ताव असफल हुनेभयो भनेर सभामुख आफै मैदानमा उत्रिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने बैठक चलिरहेका बेला बुधबार उहाँ अनुपस्थित हुनुभएको थियो ।

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे अनुपस्थित भएपछि सभामुखले आफैले खाएको कसमबिपरित गएर प्रस्ताव फेल हुने भयो भन्दै नभएको अधिकार प्रयोग गरी स्थगित गर्नुभयो । माओवादी अध्यक्ष प्रचण्डको आदेश पालक बनेर सभामुख अधिकारीले गर्नुभएको यस निर्णयबाट अव गण्डकीमा एक जना सांस्द अनुपस्थित भए बैठक नै नबस्ने अत्यन्तै गलत परम्पराको थालनी भएको छ । बैठकमा अविश्वास प्रस्तावमाथि छलफलमा सकिएपछि सभामुखले गरेको यो हर्कत आपत्तिजनक मात्रै होयन, खेदजनक रहेको एमाले सांसदहरुले बताइसकेका छन ।

मुख्यमन्त्रीबिरुद्ध वैशाख २ गते संसद सचिवालयमा दर्ता अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गरेका छन । कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका हुन । १२ सांसद रहेको माओवादीबाट एक जना चाहिँ सभामुख छन । ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाको पार्टी केन्द्रले आफ्ना सांसदलाई अविश्वासको पक्षमा मतदान गर्न निर्देशन गरेको छ । एमालेसँग मिलेर चुनाव लडेको कारण जनताले अबिश्वासको प्रस्तावमा मत हाले जिल्ला आउन नदिने चेतावनी दिएपछि केन्द्रको निर्देशन मान्ने कि जनताको आदेश भन्नेमा जनमोर्चाका सांसदहरु दुविधामा रहेका छन ।

तर सभामुखले आदेशपालक बनेर अबिश्वासको प्रस्ताव पारित हुने अवस्था नआएसम्म बैठक नै नचलाउने निर्णय लिएपछि गण्डकी प्रदेशसभा अव के हुन्छ भन्नेमै गम्भीरु प्रश्न उठेको छ । अव बस्ने बैठकमा एक जना सांसद नआए एमालेले बैठक सञ्चालन हुन दिने छैन । ‘सभामुखले नै यस्तो काम गरेपछि हामी त्यहीअनुसार अघि बढने हो, अव हरेक बैठकमा सतप्रतिशत सांसद हुनैपर्छ, अन्यथा संसद चल्न सक्दैन,’ सभामुखको निर्णयप्रति कडा आपत्ति जनाउँदै एमाले सांसद राजीव पहारीले भन्नुभएको छ ।