जनता टाइम्स

२० बैशाख २०७८, सोमबार ११:४७

आजबाट आन्तरिक र २२ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द


काठमाडौं, बैशाख २० । सरकारले कोरोना संक्रमण भयावह रुपमा फैलिएको निष्कर्ष निकाल्दै बैशाख मसान्तसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ ।

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले आज मध्यरातदेखि आन्तरिक उडान र पर्सि बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको हो । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने बताएको छ ।