जनता टाइम्स

२४ बैशाख २०७८, शुक्रबार १८:५८

किर्तीमानी आरोही कामीरिताले तोडे आफ्नै कीर्तिमान


काठमाडौं, बैशाख २४ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै किर्तिमान तोडनु भएको छ । शुक्रबार २५ औं पटक सगरमाथा आरोहण गरी शेर्पाले नयाँ कीर्तिमान कायम गर्नुभएको हो ।

पर्यटन बिभागका अनुसार आज बेलुका ६ बजे कामीरितासहित १२ जनाले सफलतापूर्वक सगरमाथा आरोहण गर्नुभएको छ । शेर्पाले २५ औं पटक सगरमाथा आरोहण गरेर यसअघिको आफ्नै कीर्तिमान तोडेको विभागअन्तर्गतको पर्वतारोहण शाखाले जनाएको छ ।

सगरमाथामा आजको आरोहण यो सिजनकै पहिलो हो । यो सिजनमा झन्डै ४ सय जनाले सगरमाथा आरोहण गर्ने बिभागको अनुमान छ ।