जनता टाइम्स

२४ बैशाख २०७८, शुक्रबार १९:३८

बालुवाटारमा माधव समुहसँगको बार्तापछि शीतलनिवास पुगे एमाले महासचिव इश्वर पोखरेल


काठमाडौं, बैशाख २४ । उपप्रधानमन्त्री एवं नेकपा एमाले महासचिव इश्वर पोखरेल शीतलनिवास पुग्नुभएको छ । नेकपा एमालेको एकता कायम गर्न दुवै पक्षबीच अन्तिम गृहकार्य अघि बढिरहेको बेला राष्ट्रपति बिद्यादेवी भण्डारीसँग परामर्श गर्न महासचिव पोखरेल शीतलनिवास पुग्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा माधव कुमार नेपाल समुहका नेताहरुसँग छलफलमा सहभागी भई महासचिव पोखरेल राष्ट्रपति भवन जानुभएको स्रोतले जनताटाइम्सलाई बतायो । राष्ट्रपति भण्डारीले बिहीवार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो । आज महासचिव पोखरेल पनि छलफलका लागि शीतलनिवास पुग्नुभएको हो ।

एमाले नेताहरुबीच एकताको प्रयास भइरहेका बेला महासचिव पोखरेल राष्ट्रपति भेट्न शीतल निवास पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । महासचिव पोखरेलले एकताकै बिषयमा पहलकदमी लिई माधव समुहका एक दर्जन भन्दा बढी नेतासँग छलफल गरिसक्नु भएको छ ।