जनता टाइम्स

२४ बैशाख २०७८, शुक्रबार २०:२२

मनकारी शाह, जस्ले दिए आइसीयु र अक्सिजन सप्लाई उपकरणका लागि अस्पताललाई झण्डै डेढ करोड


काठमाडौं, बैशाख २४ । जावलाखेल ग्रुप अफ इन्ड्रसटीजका संस्थापक अध्यक्ष एवम नेपालको सबैभन्दा बढी कर तिर्ने व्यक्तिगत करदाता विजयकुमार शाहले धुलिखेल अस्पताललाई १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ ।

कोरोना संक्रमित बिरामीको उपचार सहज होस भनेर धुलिखेल अस्पतालको आइसीयु र अक्सिजन सप्लाई प्रणाली उपकरणका लागि शाहले १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो ।