काठमाडौं, बैशाख २५ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव नल्याउने निर्णय गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले अहिले प्रधानमन्त्री ओलिविरूद्ध अविश्वास प्रस्ताव ल्याइरहनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।
प्रधानमन्त्री ओली स्वयंलेनै विश्वासको मत लिन खोजिरहेको र उहाँलाई विश्वासको मत नपुग्ने देखिएपछि कांग्रेसले तत्काल अविश्वास प्रस्ताव ल्याउनु आवश्यक नभएको भन्दै पार्टीले गृहकार्य नगरेको पनि कांग्रेसले प्रष्ट पारेको छ । प्रमुख सचेतक बालकृष्ण खाँणकाअनुसार बैठकले प्रधानमन्त्री ओलिविरूद्ध वैशाख २७ मा मतदान गर्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको छ ।
खाँणका अनुसार प्रधानमन्त्री ओलीको बहिर्गमनपछि आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने गरी निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्