जनता टाइम्स

२५ बैशाख २०७८, शनिबार १९:२३

२४ घण्टामा ३३ सय ७० जनाले जिते कोरोनासँगको लडाईं


काठमाडौं, बैशाख २५ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ७० जनाले कोरोना भाइरससँगको लडाईं जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मुलुकभरका बिभिन्न अस्पताल र आइसोलेशनमा रहेका ३३ सय ७० जनाले कोरोनासँगको लडाई जितेर डिष्चार्ज भएका हुन ।

मन्त्रालयको पछिल्लोयो तथ्यांकसँगै नेपालमा ७७ प्रतिशत ४ प्रतिशत डिष्चार्ज भएका छन । यस्तै पछिल्लो २४ घण्टामा ८,४१८ संक्रमित थपिएका छन् । १८ हजार ३०४ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ३३७० जना निको भएका छन भने सक्रिय संक्रमित संख्या ८३ हजार ४९३ पुगेको छ ।

कूल संक्रमित संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतक संख्या ३६३२ पुगेको छ ।