काठमाडौं, बैशाख २६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले कांग्रेस र माओवादीको धम्कीपुर्ण दवावलाई अस्वीकार गर्नुभएको छ । संवैधानिक परिषदको बैठकमा सहभागी भई प्रधानन्यायाधीश जवराले आफूसंबिधान भन्दा बाहिर गएर कसैको धम्कीबाट कर्तब्यच्यूत नहुने प्रष्ट सन्देश दिनुभएको हो ।
प्रधानमन्त्री तथा परिषदको अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नै सरकारी निवास बालुवाटारमा परिषदको बैठक बोलाउनु भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सो बैठकमा नजान बिज्ञप्ती निकालेरै प्रधानन्यायाधधीश जवरालाई धम्कीपुर्ण दवाव दिनुभएको थियो । तर प्रधानन्यायाधीश जवरा बैठकमा सहभागी भई संबैधानिक पदमा रहेको ब्यक्तिले संबिधान अनुसार चल्नुपर्ने प्रष्ट मान्यता स्थापित गर्नुभएको छ । शुरु भएको छ । बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको छलफल भइरहेको छ ।
विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले भने बैठक बहिष्कार गर्नुभएको छ । केहीबेर अघि सुरु भएको बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओली अध्यक्षताको बैठकमा राणा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र मुख्यसचिव शंकरदाश बैरागी सहभागी हुनुहुन्छ । सरकारले बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्न सक्ने अध्यादेश जारी भइसकेको छ ।












प्रतिक्रिया दिनुहोस्