जनता टाइम्स

२६ बैशाख २०७८, आइतबार १५:०२

देउवाको कोटाबाट पूर्वसचिव रेग्मी लोकसेवाको अध्यक्षमा सिफारिस


काठमाडौं, बैशाख २६ । लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस हुनुभएको छ । संवैधानिक परिषद्को आज बसेको बैठकले नेपाली कांग्रेसको कोटाबाट पूर्वसचिव रेग्मीको नाम सिफारिस गरेको हो ।

पूर्वसचिव रेग्मी कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट नियुक्ति सिफारिसमा पर्नुभएको हो । कांग्रेस सभापति देउवा बैठकमा सहभागी नभए पनि उहाँको सिफारिशमा झापा निवासी पूर्वसचिव रेग्मी चयन हुनुभएको हो ।

परिषद्ले‍ सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन । आज बसेको संबैधानिक परिषद बैठकले लोकसेवासहित संबैधानिक निकायमा रिक्त सवै पदमा नियुक्तिको सिफारिश गरेको छ । यसअघि पनि देउवा बैठकमा नगई अख्तियारसहित बिभिन्न आयोगमा नियुक्ति गराउनु भएको थियो ।