जनता टाइम्स

२६ बैशाख २०७८, आइतबार १७:०३

आज थपिए ८८५० संक्रमित, ८८ जनाको गयो ज्यान


काठमाडौं, बैशाख २६

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ८ हजार ८५० जना संक्रमित पुष्टि भएका हुन् । १८ हजार ७८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७७७ जनामा पोजिटिभ र ५०६ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ८८ हजारभन्दा बढी सक्रिय संक्रमित छन्। हाल ४१९ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै आज ५२ जना संक्रमितले ज्यान गुमाए बिभिन्न समयमा भएको २६ जनासमेत गरि ८८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यससंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यसअघि स्वास्थ्य मन्त्रालयका अनुसार हिजो ५३ जनाको मृत्यु भएको थियो ।