काठमाडौं, बैशाख २६
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रतिनिधिसँग माधव नेपालको वार्ता केही समय अघि सकिएको छ । ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङले वरिष्ठ नेता नेपाललाई भेटेर वार्ता गर्नुभएको हो । सिंहदरवारस्थित सार्वजनिक लेखा समितिको हलमा भएको छलफल उपलब्धिमूलक हुन नसकेपछि केहीवेर अघि सकिएको थियो ।
छलफलमा पौडेल र नेम्वाङले राजीनामाको बारेमा र माधव पक्षले सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने बारेमा चासो राखिएको बताइएको छ ।
यसअघि प्रधामन्त्री एवं पार्टी अध्यक्ष ओली र नेपालबीच टेलिफोनमा कुराकानीपछि वार्ता भएको थियो । तर ठोस निर्णय नभएपछि वार्तालगत्तै माधव पक्षका सांसदहरूको बैठक सिंहदरबारमा बसिरहेको छ । अध्यक्ष ओली र नेता नेपालबीच आजै वार्ता हुने सम्भावना पनि रहेको एक नेताले बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्