काठमाडौं, बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान संशोधनका लागि कार्यदल बनाएर सवैको सहमति कायम गर्न सकिने बताउनु भएको छ ।
बिश्वासको मत लिनका लागि संस्दमा प्रस्ताव प्रस्तुत गरेपछि आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा राख्नुभएको हो । ‘संबिधान संशोधनीय दस्तावेज हो, यो संशोधन हुनसक्छ, मैले औचित्य र आवश्यकताको आधारमा संबिधान संशोधन गर्न सकिन्छ भन्ने कुरा बताउँदै आएको छ, यो संबिधानमा केही सुधार गर्नु छ भने हामी कार्यदल पनि बनाउन सकिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।












प्रतिक्रिया दिनुहोस्