जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार ११:४२

विधान संशोधन नभए उद्योग वाणिज्य महासंघ टुक्रन्छ : उपाध्यक्ष श्रेष्ठ


बसन्त अर्याल/ काठमाडौं

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले थुप्रै मुद्दामा विधान संशोधन हुनुपर्ने बताउनु भएको छ । अहिलेको महासंघको विधान संशोधन जकडिएको भन्दै उहाँले विषेश साधरण सभा बोलाएर विधान संशोधन हुने बताउनु भएको हो ।

उहाँले संशोधनको प्रमुख मुद्दा अबको नेतृत्व वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने वा अध्यक्षमा पनि निर्वाचन हुने भन्ने विषयमा छलफल भैरहेको बताउनु भयो । उहाँले यो संगै आफ्नो सबै भन्दा ठुलो मुद्दा वस्तुगत तर्फको मतभारको विषय रहेको बताउनु भएको छ ।

उहाँले भन्नुभयो‘अहिले वस्तुगतलाई सबैभन्दा कम मतभार छ । संसारमा कतै नभएको एशोसियटलाई ३० प्रतिशत मतभार छ । त्यो भार कम गर्नै पर्छ ।’

उहाँले उद्योग वाणिज्य महासंघले वस्तुतग संगठनहरुलाई अवमुल्यन गरेको भन्दै यसको लागि विधान संशोधन आवश्यक भएको बताउनु भयो । उहाँले ‘यदि माग संबोधन नभए उद्योग वाणिज्य महासंघबाट टुक्रिएर वस्तुगत महासंघ छुट्टै बन्छ ।’ भन्नुभयो ।

उहाँले थप प्रष्टपार्दे भन्नुभयो ‘ वस्तुगत तर्फको मतभार कम भए हामी अलग्गै बस्छौ। कतिले यसलाई टुक्राउने धम्की दिएको जस्तो पनी लाग्ला यो धम्किहोईन साचिनै हो । वस्तुगतलाई ४० प्रतिशत मतभार चाहिन्छ।’

वस्तुतग संघ भनेको हजारौं कम्पनी मिलेर बनेको संगठन हो । अहिलेको विधान अनुसार ‘वस्तुगतमा निमार्ण व्यवसायी महासंघ, कम्प्युटर महासंघ जस्ता महासंघका मतभार भन्दा कुनै एउटा कम्पनीको धेरै छ । यसले गर्दा महासंघमा चलखेल बढी हुन्छ सहि नेतृत्व आउँदैन ।’

उहाँले महासंघलाई ताप्लेजुङ देखी दार्चुला सम्मका व्यवसायीको हितको रक्षा गर्ने व्यक्ति चाहिने बताउँदै अहिलेको विधानले यो भावना समेट्न नसक्ने बताउनु भएको छ । ‘खालि ठुला कम्पनी चलाएको, धेरै कम्पनी चलाएको मान्छे र आफ्नो फाईदा हेर्ने नेतृत्व महासंघलाई चहिएको होइन ।’ उहाँले भन्नुभयो ।