जनता टाइम्स

२९ बैशाख २०७८, बुधबार ०६:२३

सांसद किनबेच गरेर सरकार बनाउँदा कांग्रेसको भलो हुन्‍न : अध्यक्ष थापा


काठमाडौं, बैशाख २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्काररअभ्यासले नेपाली कांग्रेसको भलो नगर्ने बताउनुभएको छ । सामाजिक सञ्‍जाल ट्‍वीटरमा अध्यक्ष थापाले निष्पक्ष चुनावको वातावरण सुनिश्‍चित गरी ६ महिनाभित्र नयॅा चुनावमा जाने प्रस्ताव पनि गर्नुभएको छ । ‘अपवित्र गठवन्धन बनाएर,पार्टी फुटाएर,सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कारर अभ्यासले काँग्रेसको भलो गर्दैन, प्रजातन्त्र विकृत हुन्छ । ’थापाले ट्‍वीटरमा लेख्नुभएको छ , ‘निष्पक्ष चुनावको वातावरण सुनिश्‍चित गरी ६ महिनाभित्र नयाँ चुनावमा गरौं। विगतका त्रुटि कमजोरी हटाऔॅ । चुनाव मात्र विद्यमान संकटको समाधान हो ।’