काठमाडौं, बैशाख २९
राष्ट्रपति शितल निवासमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पुगेर पार्टीका उपेन्द्र यादव आए वैधता नदिन आग्रह गर्नुभएको छ । यसअघि सरकार बनाउनका लागि राष्ट्रपति विद्या देवी भण्डारीले दुई वा दुई भन्दा बढी दलको सर्मथनमा सरकार गठन गर्न तिन दिनको समय दिनुभएको थियो । सरकार गठन गर्न दिइएको समयसीमा भोली बेलुकी सकिँदैछ ।
स्रोतका अनुसार राष्ट्रपति समक्ष उनीहरूले जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भन्दै अरु कोही आए वैधता नदिन आग्रह गर्नुभएको थियो । जसपाको उपेन्द्र–बाबुराम पक्ष विपक्षी गठबन्धलाई सहयोग गर्नुपर्ने अडानमा छ ।
ठाकुर पक्ष भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिँदा तटस्थ बसेको थियो भने अर्को पक्षले विपक्षमा मतदान गरेको थियो । संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन राष्ट्रपति भण्डारीले तीन दिनको समय दिएर आह्वान गर्नुभएको थियो ।












प्रतिक्रिया दिनुहोस्