काठमाडौं, बैशाख २९
गण्डकी प्रदेशमा जनमोर्चाका नेता कृष्ण थापाले आफू तटस्थ रहेको बताउनुभएको छ । उहाँले आफूलाई संसदीय दलको नेताबाट हटाउने हल्ला गरिरहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि काँग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग गर्न पार्टीले निर्णय गरेको थियो ।
निर्णय विरुद्धमा गएको भन्दै नेता थापालाई यसअघि स्पष्टीकरण पनि सोधिएको बताइएको छ । गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्न पार्टीले निर्देशन दिए पनि थापाले कांग्रेस नेतृत्व स्विकार नगर्ने भन्दै हस्ताक्षर गर्न मान्नुभएन । सांसद थापाले हस्ताक्षर नगर्ने बरु पार्टीको कारबाही खेप्न तयार रहेको अभिव्यक्ती दिनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्