पोखरा, बैशाख २९ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पदभार सम्हाल्नुभएको छ ।
सवैभन्दा ठुलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ आज पुनः मुख्यमन्त्री नियुक्त भई प्रदेश प्रमुख सीता पौडेलबाट शपथ लिएलगत्तै मुख्यमन्त्रीको कार्यालयमा पुगेर पदभार सम्हाल्नु भएको हो ।
कांग्रेस–माओवादी नेतृत्वको बिपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख पौडेलले सवैभन्दा ठुलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङलाई केहीबेर अघि पुनः मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । पदभार ग्रहणकै क्रममा मुख्यमन्त्री गुरुङले यसअघि गण्डकी प्रदेश सरकारले खडा गरेको कोभिड कोषमा सरकारको तर्फबाट ४ करोड दिने निर्णय गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्