जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार १२:४९

पुनर्निर्माणका लागि भारतको डेढ अर्ब


काठमाडौं, जेठ २७

भारत सरकारले गोरखा र नुवाकोटमा भूकम्प पछिको निजी आवास पुनर्निर्माणका लागि सहयोग गरेको छ । भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई १ अर्ब ६० करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम भूकम्पपछि भारतले घोषणा गरेको सहयोगको एक हिस्सा हो ।

भारतले निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य भौतिक संरचनाको पुनर्निर्माण गर्न १ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो । यसअघि सन् २०१८ मा भारतले पुनर्निर्माणको लागि २ अर्बभन्दा बढी आर्थिक सहयोग गरेको थियो ।