जनता टाइम्स

३० बैशाख २०७८, बिहीबार १५:३३

अमेरिकाले गर्यो नेपाललाई थप ३२ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा


काठमाडौं, बैशाख ३० । संयुक्त राज्य अमेरिकाले कोभिड–१९ महामारीविरुद्ध नेपाललाई थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग घोषणा गरेको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलले अमेरिकी राजदुत र्याण्डी वेरीसँग टेलिफोन संवाद गर्नुभएलगत्तै नेपालस्थित अमेरिकी दुतावासले यस्तो जानकारी दिएको हो ।

अमेरिकी इन्डो–प्यासेफिक कमान्डले जरुरी अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु सहयोगको घोषणा गरेको अमेरिकी दूतावासले जनाएको छ । सन् २०२० को अप्रिलयता कमान्डले ५८ लाख डलर बराबरको स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरिसकेको जनाएको छ ।

यो सँगै नेपालमा युएसएड समेत गरी अमेरिकी सरकारका विभिन्न एजेन्सीले झन्डै ५१ मिलियन डलर बराबरको कोभिड–१९ सम्बन्धी सहयोग प्रदान गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले आज नेपालका लागि अमेरिकी राजदुत वेरीसँग टेलिफोनमा यस बिषयमा छलफल गर्नुभएको थियो ।