काठमाडौं, बैशाख ३० । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष ऐन महरले पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियुको कारबाही फिर्ता हुने कुनै सम्भावना नरहेको बताउनुभएको छ । आज बसेको एमाले स्थायी कमिटीले माधव नेपालसहित चार नेतामाथिको कार्वाही फिर्ता लिएलगत्तै सामाजिक सञ्जालमार्फत महरले यस्तो घोषणा गर्नुभएको हो ।
‘पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियुको कारबाही फिर्ताको कुनै सम्भावना छैन,’ अध्यक्ष महरले भन्नुभएको छ । केही महिनाअघि अनेरास्ववियुले निवर्तमान सचिवहरू सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो । संगठनको हितविपरित गतिविधि गरेपछि तीन जनालाई निष्कासन गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्