काठमाडौं, बैशाख ३०
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउन नसक्ने तथ्य स्वीकार गरेको छ । आज आज साँझ केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो तथ्य निकालेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकाल्नुभएको हो ।
राष्ट्रपतिले दिएको समयभित्र बहुमत प्रस्तुत गर्ने आधार जसपाको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण सम्भव नभएको भन्दै प्रधानमन्त्री ओलीलाई हटाउन नसकिएको निष्कर्ष निकालेको हो । बैठकमा अध्यक्ष दाहालले माधव नेपाल पक्षको राजीनामा नआएको र महन्थ पक्षले केपी ओलीलाई नै साथ दिएका कारण अब पनि ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखिएको बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्