जनता टाइम्स

३१ बैशाख २०७८, शुक्रबार १२:००

प्रधानमन्त्री ओलीलाई बामदेवको बधाई


काठमाडौं, बैशाख ३१ । नेकपा एमालेका नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको संवादलाई पार्टीका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्दै पार्टीको एकता निर्माणमा सफलता मिलोस् भनी शुभकामना दिनुभएको छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुनुभएकोमा गौतमले बधाई पनि दिनुभएको छ ।

‘नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरू अध्यक्ष क. के.पी शर्मा ओली र पार्टीका पूर्वमहासचिव क. माधवकुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ, यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क. के.पी. शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु,’ नेता गौतमले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ ।