काठमाडौं, बैशाख ३१
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिनुभएको छ । शीतल निवासमा आयोजित विशेष समारोहका बीच संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ । तेस्रो पटक प्रधानमन्त्री बनेसँगै कम्युनिष्टबाट धेरैपटक प्रधानमन्त्री बन्ने व्यक्ति पनि ओली नै हुनुभएको उहाँले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिनुभएको हो ।
राष्ट्रपति भण्डारीले ओलीका मन्त्रिमण्डल सदस्यहरुलाई सपथ गराउनुभएको हो । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने हुनुभएको छ । त्यसैअनुरुप अहिले भएकै मन्त्रीहरुलाई सपथ ग्रहण गरिएको हो ।












प्रतिक्रिया दिनुहोस्