काडमाडौं, जेठ ३
जनताटाइम्स डटकमको कार्यकारी सम्पादकमा यसिमा महत नियुक्त हुनुभएको छ । सुयोग मिडिया हाउस प्रा. लि. सञ्चालक समितिको बैठकले महतलाई कार्यकारी सम्पादकमा नियुक्त गरेको हो । कार्यकारी सम्पादकमा नियुक्त महत यसअघि जनताटाइम्स डटकममा सहसम्पादकको भुमिकामा कार्यरत हुनुहुन्थ्यो ।
महतले झण्डै एक दशकदेखि पत्रकारिता क्षेत्रमा काम गरिसक्नु भएको छ । सुयोग मिडिया हाउसले पत्रकारितामा अब्बल रहनुभएको महतलाई दिइएको कार्यकारी सम्पादकको जिम्मेवारीबाट जनताटाइम्सलाई थप उचाइमा पुर्याउन सफल हुने विश्वास ब्यक्त गरेको छ ।
यस्तै आगामी दिनमा ‘तथ्यको आधारमा सत्य स्थापित गर्ने’ संस्थाको मुल लक्ष्यअनुसार जनताटाइम्स डटकम अझै उचाइमा पुग्ने जनाउँदै कार्यकारी सम्पादक महतले पत्रकारितामा सबैको आवाजलाई समेटदै जनताटाइम्सलाई अझै बिश्वसनीय बनाउन लागिपर्ने बिश्वास पनि सुयोग मिडिया हाउसले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्