जनता टाइम्स

४ जेष्ठ २०७८, मंगलवार १०:०२

जुनभित्र विभिन्न मुलुकलाई ८ करोड डोज कोरोना खोप दिने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा


वासिङ्टन, जेठ ४ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गर्नुभएको छ । अक्सफोर्डरअष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने यसअघि नै घोषणा गर्नुभएका अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार थप दुई करोड डोज खोप पनि दिने घोषणा गर्नुभएको हो ।

ुहाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ, जति चौडा सागरले पनि र जति अग्ला पर्खालले पनि हामीलाई सुरक्षित राख्न सक्दैन। अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले ती मुलुकलाई अस्थिर त बनाउँछ नै हामीलाई पनि खतरामा राखिरहन,’ ’ ह्वाइट हाउसमा बाइडेनले भन्नुभयो ।

अमेरिकामा अहिलेसम्म फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिइएको छ भने अक्सफोर्डरअष्ट्राजेनेकाको खोपलाई अनुमति दिइएको छैन। अमेरिकाले यसअघि अक्सफोर्डरअष्ट्राजेनेकाको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो।

बाइडेनले अमेरिकाले अब रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने र खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै ुसहयोगु नमाग्ने बताउनु भयो। कुन कुन मुलुकले कोरोनाबिरुद्धको खोप पाउँछन् भन्ने बिषय भने ह्वाइटहाउसले खुलाएको छैन। बाइडेन प्रशासनले आगामी दिनमा कुन मुलुकमा खोप पठाउने भन्ने निर्णय गर्नेछ।

बाइडेनले गत साता संसारका ४० प्रतिशत देशबाट नेताहरूले खोपको लागि आफ्नो प्रशासनलाई सम्पर्क गरेको बताउनु भएको थियो । ती मुलुकहरूलाई ८ करोड डोज खोप दिने बाइडेनको घोषणालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एडनोम गेब्रेयेसुसले स्वागत गर्नुभएको छ । उहाँले खोप वितरणका सहयोग गर्न कोभ्याक्स तयार रहेको पनि बताउनु भएको छ ।