जनता टाइम्स

७ जेष्ठ २०७८, शुक्रबार ०७:३९

बैकल्पिक सरकार गठन आह्वानसँगै देउवाले बोलाए आकस्मिक बैठक


काठमाडौं, जेठ ७ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आकस्मिक बैठक डाकिएको छ। राष्ट्रपति बिद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आह्वान गर्नुभएसँगै काँग्रेस सभापति शेरबहादुर देउवाले आज विहानका बैठक डाक्नुभएको हो ।

काँग्रेस सभापति देउवा निवास बूढानिलकण्ठमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीलाई बैठकका लागि बोलाइएको ​देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।