जनता टाइम्स

७ जेष्ठ २०७८, शुक्रबार १८:१९

दुबै दावी अश्वीकार गरी चुनाव घोषणा गर्न राष्ट्रपतिलाई कमल थापाको सुझाव


काठमाडौं, जेठ ७

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रका) का अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुनाव घोषणा गर्न आग्रह गर्नुभएको छ । सरकार गठनका विषयमा दुबै पक्षको बहुमत दावी किर्ते भएको भन्दै आज सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ,‘राष्ट्रपति महोदय, दुबै दाबीमा संविधानको धारा ७६ (५) अनुसार ‘बिश्वासको मत प्राप्तगर्ने’ आधार छैन । दुबै जाली÷किर्ते हुन् । दुबैलार्य खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस् । यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे, अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’