काठमाडौं, जेठ ८ । एमाले नेता कर्ण थापाले जनतामा जाने निर्णयलाईप्रतिगमन देख्ने पाँच पूर्वप्रधानमन्त्रीसहितका समुह नै जनविरोधी, व्यवस्था विरोधी र संविधानविरोधी काममा लागेको तथ्य राख्नुभएको छ । एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष थापाले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै जनतामा जाने निर्णय सवैभन्दा उत्तम रहेको भएपनि षडयन्त्रमै रमाउनेहरुले प्रतिगमन देखेको ठोकुवा गर्नुभएको छ ।
सार्वभौम जनतालाई निर्णय गर्न दिऊँ भन्दा प्रतिगमन देख्नेहरु जनविरोधी, व्यवस्था विरोधी र संविधानविरोधी हुन। राज्य शक्तिका श्रोत जनता हुन । जनताको फैसलालाई मान्नु हरेक लोकतन्त्रवादीको कर्तव्य हो। देश ठहरावमा रहन सक्दैन, थापाले भन्नुभएको छ ।
थापाको धारणा जस्ताको तस्तै
सार्वभौम जनतालाई निर्णय गर्न दिऊ भन्दा प्रतिगमन देख्नेहरु जनविरोधी, व्यवस्था विरोधी र संविधानविरोधी हुन। राज्य शक्तिका श्रोत जनता हुन । जनताको फैसलालाई मान्नु हरेक लोकतन्त्रवादीको कर्तव्य हो। देश ठहरावमा रहन सक्दैन । अलमल र भ्रमपूर्ण कुरा नगरिकन सबै राजनीतिकपार्टीले जनताको विश्वास जित्न पटी लाग्नु उचित हो । जे भन्नु छ जनतालाई भन्ने र जनताको विश्वास जितेर देश चलाउनुको अर्को लोकतान्त्रिक विकल्प छैन ।













प्रतिक्रिया दिनुहोस्