जनता टाइम्स

८ जेष्ठ २०७८, शनिबार ११:४९

एमाले स्थायी कमिटी बैठक बस्दै : माधव समुहमाथि हुनसक्छ कारवाही


काठमाडौं, ८ जेठ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पार्टीको रणनीति र यसबीचमा माधव नेपाल पक्षले कांग्रेस नेतृत्वमा सरकार गठन गर्न चालेका कदम तथा राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार हराउन भूमिका खेलेको विषय बैठकको एजेण्डा रहेको बताइएको छ । अध्यक्ष ओलीले माधव नेपाल पक्षको भूमिका क्षम्य नरहेको भन्दै कारवाहीको संकेत गरिसक्नुभएको छ ।