काठमाडौं, जेठ ८
नेपाललाई तत्काल कोरोना खोप र अन्य स्वास्थ्य सामाग्री उपलव्ध गराउने भन्ने विषयमा बेलायती संसदको माथिल्लो सदन हाउस अफ लर्ड्समा छलफल भएको छ । बिहीबारको बैठकमा ११ मिनेट नेपालको कोरोना महामारी र सहयोग गर्ने विषयमा छलफल भएको हो । सांसदहरुको प्रश्नमा बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्वल्डनले जवाफ दिनुभएको थियो ।
हाँले सो क्रममा बेलायतले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको बताउनुभयो । यसअघि नेपाललाई ३ लाख ४८ हजार भाइल खोप कोभ्याक्स उपलव्ध गराईसकेको भन्दै थप खोप पनि उपलव्ध हुने जवाफ दिनुभयो । उहाँले नेपाली अधिकारीहरुसंग आफ्नो नियमित नै सम्पर्क रहेको भन्दै कसरी सहज छिटो र प्रभावकारी सहयोग गर्न सकिन्छ भन्ने विषयमा विचार विमर्स भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्