काठमाडौँ, जेठ ९ । नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ ।
निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुलाल,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी दर्ता भएका छन् । माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ । राईले भने आफूले नेताहरुसँग सल्लाह नगरी पार्टी दर्ता गरेको बताउनुभएको छ ।
तर एक स्रोतका अनुसार नेता नेपालकै डिजाइनमा दर्ता गरिएको बताइएको छ । अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले आफूहरुले अलग पार्टी दर्ता गरेको यूवा नेता राईको दावी छ । पार्टीको चुनाव चिन्ह कलम दावी गरिएको राईले बताउनुभयो । संखुवासभा जिल्लाका बासिन्दा रहेका राई नविना लामा अनेरास्ववियुको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा हार्नुभएको थियो । उहाँ एमालेभित्र जुझारु युवा नेता मानिन्छन् । महासचिव बनेका खुलाल अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुबाट राजनीति गर्नुभएको थियो । २०६५ सालको स्ववियु चुनावमा सभापतिबाट बागी उम्मेवार बन्नुभएको थियो । यता नेता नेपालले केहि संचारमाध्यमा नयाँ पाटी खोल्ने तयारी भएको बताउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्